aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राष्ट्रिय सहकारी बैंकको तरलता २७.०७ प्रतिशत पुग्यो, ऋण लगानी घट्दो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ जेठ २०८०
राष्ट्रिय सहकारी बैंकको तरलता २७.०७ प्रतिशत पुग्यो, ऋण लगानी घट्दो

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको बैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सहकारी बैंकमा २७.०७ प्रतिशत तरलता रहेको छ ।

बैशाख मसान्तसम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८७३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५२६ रहेको छ । यस अवधिमा सहकारी बैंकको ऋणीको संख्या बढेको पाइएको छ । जबकी चैत मसान्तसम्म उक्त ऋणीको संख्या २ हजार ५१७ रहेको थियो । 

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४६ अर्ब १६ करोड ६६ लाख, ऋण लगानी ३३ अर्ब ४२ करोड एक लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैैंकको ऋण लगानी पनि घटेको छ । चैत मसान्तसम्म बैंकले ३३ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ ऋण लगानी गरेको थियो ।

हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम १२ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ६८ करोड र कुल सम्पत्ति ५४ अर्ब १८ करोड १९ लाख रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस