aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

सनराइज बैंक र लक्ष्मी बैंकको ऋणपत्र आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असोज २०७६
सनराइज बैंक र लक्ष्मी बैंकको ऋणपत्र आउँदै

काठमाडौं । सनराइज बैंकले नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासन गर्न निवेदन दिएको छ । सन्राइज बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।

बैंकले ३० लाखमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघसंस्थालाई बिक्री गर्नेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी बोर्डले लक्ष्मी बैंकले १० प्रतिशत ब्याजदरमा २०८६ सालसम्मका लागि २० लाख कित्ता ऋणपत्र निष्कासन दिएको निवेदनलाई अनुमति दिएको छ । बैंकले २० लाखमध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघसंस्थालाई विक्री गर्नेछ । बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस