aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ जेठ २०८०
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा छुट पाउने

काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट मा छुट पाउने भएका छन् । आइतबार बैंक र हस्पिटलबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले छुट सम्झौता भएकाे हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रालिको तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रालिले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका बेड चार्ज, डाइग्नोस्टिक प्रोसिड्युअर, फार्मेसी एण्ड हेल्थ प्याकेज सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ । स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । 


 

प्रतिक्रिया दिनुहोस