aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमा थप नँया सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ जेठ २०८०
सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमा थप नँया सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपमा नँया सुविधाहरु थप गरेको छ । डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ्ग एपमा थप नँया सुविधा एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु थप गरेको हो ।

बैंकले आफ्ना बिशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना मर्चेन्ट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । 

यसै गरि बैंकले, आफ्नो एप मार्फत नेपालपे को क्युआर सञ्चालनमा ल्याएको छ । अब बैंकका ग्राहकहरुले फोनपे का अतिरिक्त नेपालपे को क्युआर कोड समेत स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यसका साथै बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी ग्राहकहरुले चेक रोक्का राख्ने लगायतका थप सुविधा पनि  प्राप्त गर्न सक्नेछन् । 
 ।


                                                                                       

प्रतिक्रिया दिनुहोस