
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ ८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५७ पैसा र बिक्री दर १४३ रुपैयाँ २२ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ २४ पैसा र बिक्री दर १६४ रुपैयाँ ९८ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३२ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस