aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दुई वाणिज्य बैंकको ५ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ जेठ २०८०
दुई वाणिज्य बैंकको ५ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको कुल ५ लाख १२ हजार ९७३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ९६ हजार ८३३ कित्ता र कुमारी बैंकको ३ लाख १६ हजार १४० कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र शेयर खरीद गर्न सक्नेछन् । आगामी ३५ दिनभित्र कुमारी बैंकको शेयर खरीदका लागि बैंकको शेयर रजिष्ट्रार बिओके क्यापिटल लिमिटेड नक्साल, काठमाडौं र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको शेयर खरीदका लागि केन्द्रिय कार्यालय दरवारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकहरूले दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस