aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मुक्तिनाथ विकास बैंकका ग्राहकले अरोगिन हेल्थ केयरमा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ जेठ २०८०
मुक्तिनाथ विकास बैंकका ग्राहकले अरोगिन हेल्थ केयरमा विशेष छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बैंकले उक्त सम्झौता गरेको हो ।  

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले अरोगिन हेल्थ केयरमा विभिन्न सेवा सुविधाहरुमा विशेष ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाहसँगै अन्य विभिन्न सुविधाहरु रहेको छ ।  

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट  निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।   
 

प्रतिक्रिया दिनुहोस