aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लक्ष्मी र सनराइज बैंकबीच आज मर्जर सम्झौता हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ जेठ २०८०
लक्ष्मी र सनराइज बैंकबीच आज मर्जर सम्झौता हुँदै

काठमाडौं । लक्ष्मी बैंक  र सनराइज बैंकबीच आज मर्जर सम्झौता हुने भएको छ । गत पुषको अन्तिम साता प्रारम्भिक सम्झौता गरेका यी दुई बैंकबीच आज मर्जर सम्झौता हुन लागेको हो । 

लक्ष्मी बैंकका एक सञ्चालकका अनुसार यी दुई बैंकबीच मर्जरमा जाने सम्बन्धी आज दिउँसो सम्झौता हुने भएको हो । एकिकृत कारोबार आगामी असार मसान्तभित्रमा गर्ने तयारी रहेको छ । बैंकको स्वाप रेसिया १ः१ हुनेगरि सम्झौता हुन लागेको छ । 

लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् । लक्ष्मी सनराइज बैंकको नाममा आगामी असार मसान्तभित्र एकीकृत कारोबार गर्नेगरी सहमति जुटेपछि आज (सोमबार) दिउँसो ३ बजे मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।

मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन गरिएको थियो । जसमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका थिए । 
 

प्रतिक्रिया दिनुहोस