
काठमाडौं । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसर पारेर देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘डोनेट बल्ड सेभ लाइफ–हामी सँगसँगै’ भन्ने नाराको साथ बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
बुधबार बैंकले काठमाडौको गैरीधारास्थित प्रधान कार्यालय, काँकरभिट्टा, लाहान, बुटवललगायतका शाखामा रक्तदान कार्यक्रम गरेको छ । आज बैंकका कर्मचारी, सञ्चालकलगायत करिब दुई सय जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।
त्यस्तै बूढीबजार शाखामा असोज ५ गते, महेन्द्रनगर शाखामा असोज ७ गते र वीरेन्द्रनगर शाखामा असोज ८ गते रक्तदान गर्ने कार्यक्रम तय भएको बैंकले जनाएको छ ।
स्थापना दिवसरको अवसरमा बैंकले असोज महिनालाई उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभरमा कार्यक्रम गर्दै जाने जनाएको छ।
प्रतिक्रिया दिनुहोस