aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एक सातामा वाणिज्य बैंकहरुमा थपियो १२ अर्ब निक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ जेठ २०८०
एक सातामा वाणिज्य बैंकहरुमा थपियो १२ अर्ब निक्षेप

काठमाडौं । वाणिज्य बैंकहरुमा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत बैशाख महिनाको ३१ गतेदेखि जेठ महिनाको ५ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुले १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत बैशाख ३१ गतेसम्म वाणिज्य बैंकहरुमा ४८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप जेठ ५ गतेसम्म आइपुग्दा १२ अर्ब रुपैयाँले बढेर ४८ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ । 

त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार गरेपनि कर्जा प्रवाह भने घटेको छ । गत बैशाख ३१ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह तीन अर्ब रुपैयाँले घटेर जेठ ५ गतेसम्म आइपुग्दा ४२ खर्ब ९७  अर्ब रुपैयाँमा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।       
 

प्रतिक्रिया दिनुहोस