aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मर्जर प्रस्ताव पारितका लागि सनराइज बैंकले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० जेठ २०८०
मर्जर प्रस्ताव पारितका लागि सनराइज बैंकले बोलायो साधारण सभा

काठमाडौं । सनराइज बैंक लिमिटेडले असार ३ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै लक्ष्मी बैंकसँगको मर्जर प्रस्तावलाई समेत अन्तिम रुप दिनेछ । लक्ष्मी बैंक र सन्राइज बैंकबीच जेठ ८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो यी दुई बैंक समान हैसिएतमा एक हुन लागेका हुन् । 

मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ । हाल लक्ष्मी बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५५ करोडभन्दा बढी छ भने सन्राइज बैंकको रू. १० अर्ब ११ करोडभन्दा बढी छ । दुईं बैंक एक भएपछि चुक्तापूँजी रू. २१ अर्ब ६६ करोडभन्दा बढी कायम हुनेछ ।

सन्राइज बैंकले सभामार्फत मर्जरका लागि आगामी दिनमा आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस