काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेपछि विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्री गर्न लागेको हो ।
जेठ १० गते सुचना जारी गर्दै उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ । आवेदन बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्र, काठमाडौंमा पेश गर्न कम्पनीले आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस