aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डिजिटल वालेट प्रयोग गरि रकम चोरीका घटना बढे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० जेठ २०८०
डिजिटल वालेट प्रयोग गरि रकम चोरीका घटना बढे

काठमाडौं । माछापुच्छ्रे बैंकबाट रकम हराएको सम्बन्धमा बैंकको ध्यानाकर्षण भएको छ । बैंकको रौतहट स्थित चन्द्रपुर शाखाबाट ग्राहकको रकम मोबाइल बैंकिङ प्रयोग गरि वालेट प्रयोग गरेर रकम ट्रान्सफर गरेको देखिएको बैंकले जनाएको छ । 

बैंकको प्रणालीमा कुनै पनि समस्या नदेखिएको बैंकले जनाएको छ । बैंकबाट पठाएको सम्पूर्ण एसएमएस एक्टिसन कोड र ओटीपी सम्बन्धीत ग्राहककै मोबाइलमा गएको बैंकले जनाएको छ । ग्राहकको मोबाइल अनधिकृत व्यक्तिले प्रयोग गरि रकम ट्रान्सफर गरेको हुन सक्ने बैंकले अनुमान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस