aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महुली लघुवित्तको नाफामा १८ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ बैशाख २०७६
महुली लघुवित्तको नाफामा १८ प्रतिशतले वृद्धि

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (Mahuli Samudayik Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा २ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा १८ दशमलव ६९ प्रतिशतले नाफा बढेको हो । गत आवको सोहिअवधिमा नाफा २  करोड ४१ लाख कमाएको थियो ।

१० करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको महुलीले जगेडाकोषमा १८ करोड ९ लाख रुपैयाँ छुटाएको छ । 
महुलीले निक्षेप ८३ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ३० दशमलव ४० प्रतिशतले बढेर १ अर्ब ९३ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । 
महुलीको खुद ब्याज आम्दानी ५ दशमलव २० प्रतिशतले बढेर १० करोड १४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ दशमलव ४३ प्रतिशतले बढेर ४ करोड २८ लाख रुपैयाँ पुगेको छ । 

लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक ३७ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४३ दशमलव ७० गुणा, प्रतिशेयर नेटवर्थ २७७ दशमलव ३६ रुपैयाँ, तरलता अनुपात ८ दशमलव ४३ प्रतिशत, निष्कृय कर्जा अनुपात १ दशमलव ६९ प्रतिशत र जोखिम युक्त सम्पत्ति १२ दशमलव ८६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस