aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कुमारी बैंकको करिब १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ जेठ २०८०
कुमारी बैंकको करिब १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक (साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक) लिमिटेडको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक शेयर जेठ १२ गतेदेखि बिक्रीमा आएको छ । बैंकले प्रतिशेयर ११० रुपैयाँ अंकित मूल्यमा उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरू र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा आएको हो ।

यो शेयर खरीदका लागि जेठ १९ गते अपरान्ह १ बजेसम्म आवेदन दिनुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तासम्म अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न गर्दै बोलकबोल गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २१ गते विहान ११ बजे खोलिने कार्यक्रम रहेको छ । यो शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस