aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

१८ हजार १६५ जना ऋणी कालो सूचीमा परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ जेठ २०८०
१८ हजार १६५ जना ऋणी कालो सूचीमा परे

काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने व्यापारी वा व्यक्तिको संख्या १८ हजार १६५ पुगेको छ । आइतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्भेक्षणका विवरण अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा कर्जा सूचना केन्द्रको विवरणमा कर्जा चुक्ता नगर्नेहरुको विवरण रहेको सर्भेक्षणमा उल्लेख छ । 

त्यस्तै फागुन मसान्त ३,७५० ऋण कर्जा सूचना केन्द्रको कालो सूचीबाट हटाइएको छ । २०७९ असारमसान्तमा १५ हजार ९९५ जना ऋणी कालो सूचीमा रहेका थिए । त्यस बेला ३,२०२ ऋणी कालो सूचीबाट हटेका थिए ।   
 

प्रतिक्रिया दिनुहोस