aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जाल्पा सामुदायिक लघुवित्तको लाभांश असार ४ गते पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
जाल्पा सामुदायिक लघुवित्तको लाभांश असार ४ गते पारित हुने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ४ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि सभा बोलाएको हो । 

जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले द एसआर होटेल, तिलोत्तमा , रुपन्देहीमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल १५ प्रतिशत लाभांशलाई अन्तिम रूप दिनेछ ।

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी चुक्तापूँजी रू. १६ करोडका आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले यस वर्ष ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ८४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेपनि नेपाल राष्ट्र बैंकको निर्देशनमा लाभांश संशोधन गरी १५ प्रतिशतमा झारेको हो । 

१५ प्रतिशत लाभांश वितरणपछि बाँकी सम्पूर्ण रकम मुनाफा कोषमा रहिरहने र सो कोषबाट आगामी आर्थिक वर्षहरूमा लाभांश वितरण गरिने जानकारी कम्पनीले दिएको छ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस