aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ को प्रति इकाई खुद मूल्यमा कमि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ को प्रति इकाई खुद मूल्यमा कमि

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेनस्ड फण्ड–१ को प्रति इकाई खुद सम्पत्ति मूल्य चैतको तुलनामा बैशाखमा घटेको छ । चैत मसान्तसम्म रू. ९ दशमलव ७४ रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य वैशाख मसान्तसम्म रू. ९ दशमलव शून्य ९ कायम भएको हो ।

योजना वैशाख मसान्तसम्म रू. ९ करोड ३० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । नोक्सानी रकम समेत चैत मसान्तसम्मको तुलनामा वैशाखमा बढेको हो । चैत मसान्तसम्म योजना रू. २ करोड ६६ लाखभन्दा बढी मात्र नोक्सानीमा रहेको थियो । योजनाको जम्मा आम्दानी ऋणात्मक रकमसँगै खर्च समेत बढेकाले नोक्सानी बढेको देखिन्छ ।

चैत मसान्तसम्म रू. ९० लाख ४६ हजार जम्मा आम्दानी ऋणात्मक रहेकोमा वैशाख मसान्तसम्म यो रकम रू. ७ करोड ३९ लाखभन्दा बढी पुगेको छ । खर्च पनि चैत मसान्तसम्म रू. १ करोड ७६ लाखभन्दा बढी भएकोमा वैशाख मसान्तसम्म रू. १ करोड ९१ लाखभन्दा बढी भएको हो ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७९ साल जेठ ४ गतेदेखि सञ्चालनमा आएको हो । योजना सञ्चालनका लागि १० करोड २५ लाख ७६ हजार ३६० कित्ता इकाई विक्री गरिएको थियो ।

धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य रू. ९८ करोड ७३ लाख ६६ हजार रहेको छ । योजनाको बैंक मुद्दती निक्षेप सहित धितोपत्रमा भएको लगानीको कुल मूल्य भने रू. ८७ करोड ९८ लाखभन्दा बढी मात्र छ । बैंक मुद्दती निक्षेपमा योजनाले रू. ३ करोड लगानी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस