
काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सन्चालित प्रभु स्र्माट फण्डको कुल लगानीमूल्य चैत मसान्तको तुलनामा वैशाखमा बढेको छ । चैत मसान्तसम्म रू. २८ करोड ९१ लाखभन्दा बढी रहेको कुल लगानीमूल्य वैशाख मसान्तसम्म रू. ३५ करोड ४७ लाखभन्दा बढी पुगेको छ । कुल लगानीमध्ये योजनाले बैंक मुद्दती निक्षेपमा रू. १४ करोड ७० लाख लगानी गरेको छ ।
यो लगानी रकममा चैत महिनाको भन्दा केहि परिवर्तन भएको छैन् । योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य भने वैशाख मसान्तसम्म रू. २९ करोड ९१ लाख ४१ हजारभन्दा बढी रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि १० करोड इकाई विक्री गरिएको थियो । योजनाको प्रतिइकाई खुद मूल्य वैशाख मसान्तसम्म रू. १० कायम भएको छ ।
बैशाख मसान्तसम्म योजना रू. ३ लाख ३३ हजारभन्दा बढी नोक्सानीमा रहेको छ । चैत मसान्तसम्म योजना रू. १७ लाख ५३ हजार नाफामा रहेको थियो । यो महिना योजनाको जम्मा आम्दानी बढेपनि खर्च बढ्दा नोक्सानीमा गएको देखिन्छ । चैत मसान्तसम्म रू. ५३ लाख ७७ हजारभन्दा बढी आम्दानी गरेको योजनाले रू. ३६ लाख २३ हजार खर्च गरेको थियो । वैशाख मसान्तसम्म भने रू. ५५ लाख ३० हजार आम्दानी भएकोमा रू. ५८ लाख ६४ हजारभन्दा बढी खर्च भएको हो ।
प्रतिक्रिया दिनुहोस