
काठमाडौं । उन्नती लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट ४० दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ३८ दशमलव ६० प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेकाले सो लाभांश नेपाल राष्ट्र बैंक र अगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् । हाल कम्पनीको चुक्ता पँुजी रू. ८ करोड ८२ लाख ७५ हजार रहेको छ । प्रस्तावित वोनस वितरणपछि पुँजी १२ करोड २३ लाख ४९ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस