aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

नेशनल माइक्रोफाइनान्सको ८० प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
नेशनल माइक्रोफाइनान्सको ८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको नाफाका कुल ८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ७५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । 
कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । कम्पनीको चुक्तापूँजी रू. १५ करोड ८ लाख ८३ हजार रहेको छ । प्रस्तावित बोनस वितरणपछि पूँजी रू. २६ करोड ४० लाख ४५ हजार पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस