aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

बोनसको कर जम्मा गर्न लुम्बिनी विकासको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
बोनसको कर जम्मा गर्न लुम्बिनी विकासको आग्रह

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आवको नाफाबाट शेयरधनीको लागि १७ दशमलव ०७ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको साउन २८ गते सम्पन्न साधारण सभाले उक्त बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 
कम्पनीले साउन २१ गतेसम्मका कायम शदस्यहरुलाई उक्त बोनसमा लाग्ने कर बापतको रकम बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको शेयर रजिष्ट्रार भिबोर क्यापिटलको खाता नम्बर ०३१००१२०००४१०२००००१४ मा जम्मा गर्न अनुरोध गरेको छ । 
साथै, बुक क्लोजको अघिल्लो दिनसम्म शेयर धितोबन्धक राखी कर्जा लिएका शेयरधनीको कर बापतको रकम सम्बधित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा हुने जानकारी बैंकले गराएको छ । 

प्रतिक्रिया दिनुहोस