aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

महोत्तरीमा बैंकबाट दिउँसै ३८ लाख रुपैयाँ लुटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ जेठ २०८०
महोत्तरीमा बैंकबाट दिउँसै ३८ लाख रुपैयाँ लुटियो

महोत्तरी ।  महोत्तरीको महोत्तरी गाउँपालिकास्थित रहेको एनएमबि बैंकमा लुटपाट भएको छ । मंगलबार हतियारधारी समूहले दिउँसै बैंक लुटेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिएका हुन् ।

उनले आर्थिक न्युजसँग भने, ‘बैकले दिएको प्रारम्भिक रिपोर्ट अनुसार ३८ लाख रुपैयाँ बैंकबाट लुटिएको विवरण प्राप्त भएको छ थप मुचुल्काको विवरण भने आइसकेको छैन् ।’ 

उनका अनुसार लुटपाटमा संलग्न रहेको आशंकामा केहीलाई प्रहरीले निगरानीमा गरिरहेको  छ । घटनास्थल वरिपरि अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस