
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि शुरु गरेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस ) प्रणालीले काम गर्न छाडेको छ । भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात भन्दै शुरु गरिएको यो प्रणाली एक साता नबित्दै बन्द भएको हो ।
यसबाट बिना चेक भुक्तानी गर्न भन्दै बैंकको काउन्टरमा पुगेका कयौंं ग्राहकले दुःख पाएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले हामीले यो प्रणाली परीक्षणको क्रममा छ त्यसैले केही समस्या देखिएको हो । अब दशैं–तिहारपछि यो सेवालाई पूर्ण रुपमा सञ्चालन गर्छौं ।’ तर, आम उपभोक्ता भने यो अवस्थाबारे बेखवर छन् ।
त्यसो त राष्ट्र बैंकले यो भुक्तानी प्रणालीलाई नीतिगत रुपमा निक्कै महत्व दिएको देखिन्छ । आरटीजीएसको शुरुवातसँगै सम्पत्ति शुद्धीकरण, आतंकवादी समूहको वित्तीय कारोबार एवम् अन्य गैरकानुनी कार्यका लागि हुने कारोबारमा नियन्त्रण हुने गभर्नरले यो प्रणालीको सुरुवात गर्दै बताएका थिए । तर, व्यवहारमा चाहिँ पुरानै शैली अपनाउँदा र ग्राहकमा पर्ने असुविधा प्रति संवेदनशील नहुँदा यसको नकारात्मक प्रभाव पर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस