aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

गुडविल फाइनान्सले यस वर्ष लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ जेठ २०८०
गुडविल फाइनान्सले यस वर्ष लाभांश नदिने

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले यस वर्ष लाभांश नबाड्ने भएको छ । जेठ १६ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने मात्र निर्णय गरेको हो । 

कम्पनीले नेप्सेमार्फत सार्वजनिक गरेको सुचनामा यस वर्ष लाभांश वितरण नगर्ने निर्णय भएको जानकारी दिएको हो । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाउन लागेको हो । कम्पनीले गत वर्ष ९ दशमलव १ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ९ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ९४ करोड ६१ लख १५ हजार रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य जेठ १६ गते प्रतिकित्ता रू. ४४१ कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्रा रू. १९ ले घटेको हो ।
 

प्रतिक्रिया दिनुहोस