
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ७१ हजार २६५ कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. ११० अंकित मूल्यमा जो कोही व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० ह जार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
इच्छक खरीदकर्ताहरूले जेठ २३ गतेभित्र विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा दिउँसो ३ बजेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २४ गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस