aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विश्व बैंकले १५ अर्ब ८७ करोड ३३ लाख ६० हजार सहुलियत पूर्ण ऋण दियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ जेठ २०८०
विश्व बैंकले १५ अर्ब ८७ करोड ३३ लाख ६० हजार सहुलियत पूर्ण ऋण दियो

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच नेपालको शिक्षा क्षेत्रअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि सहुलियत पूर्ण ऋणमा सम्झौता भएको छ । सरकार र विश्व बैंकबीच अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)सँग १२ करोड अमेरिकी डलर (१५ अर्ब ८७ करोड ३३ लाख ६० हजार रुपैयाँ) सहुलियतपूर्ण ऋण दिने पत्रमा सम्झौता भएको छ  । 

उक्त ऋण  विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम (एसएसटीपी) सञ्चालनका लागि ग्लोबल पार्टनरसिप फर एजुकेसनसँग १ करोड ९७ लाख अमेरिकी डलर (२ अर्ब ६० करोड ५८ लाख ७६ हजार रुपैयाँ)को अनुदान सम्झौता भएको हो । सम्झौता पत्रमा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक फासिद हदाद जेभ्रोसले हस्ताक्षर गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस