aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सांग्रिला डेभलमेन्ट बैंकको साइकल ¥याली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
सांग्रिला डेभलमेन्ट बैंकको साइकल ¥याली

काठमाडौं । विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन जोगाऔं, पृथ्वी बचाउौं”, नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल ¥यालीको आयोजना गरी सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत  सुुयोग श्रेष्ठबाट साइकल ¥यालीमा सहभागीहरुलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा संवोधन गरिए पश्चात साईकल ¥यालीको शुरुवात गरिएको थियो ।

बैंकको केन्द्रिय कार्यालय बालुवाटारको प्राङ्गण ¥यालीबाट सुरु भई गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट पुगेको थियो । त्यस्तै, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो । उक्त साइकल ¥यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी, प्रायोजक एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरु गरीे लगभग ४०० भन्दा बढीको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस