aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर जेठ २० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

यसअघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापकबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याइएको हो ।

यो शेयर खरीद गर्नका लागि इच्छुक लगानीकर्ताहरूले ३५ दिनभित्र आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ । आवेदन बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस