
काठमाडौं । जेठ २१ गतेदेखि कुमारी बैंक र सेन्ट्रल फाइनान्सको कुल २९ हजार २७१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । सेन्ट्रल फाइनान्सको २४ हजार ५५३ कित्ता र कुमारी बैंकको ४ हजार ७१८ कित्ता संस्थापक शेयर विद्यमान संस्थापकमा मात्र विक्री खुला गरिएको हो ।
यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनभित्र कुमारी बैंकको हकमा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
त्यस्तै सेन्ट्रल फाइनान्सको शेयर खरीदका लागि भने कम्पनीको केन्द्रिय कार्यालय कुपण्डोल, काठमाडौं वा शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट उक्त शेयर खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढ्ने जानकारी दुबै कम्पनीहरूले गराएका छन् ।
प्रतिक्रिया दिनुहोस