aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

कुमारी बैंकको ३ अर्बको ऋणपत्रले रेटिङ पायाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
कुमारी बैंकको ३ अर्बको ऋणपत्रले रेटिङ पायाे

काठमाडौं । कुमारी बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ । ऋणपत्र ल्याउन रेटिङ गराएपनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन ।
 
नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । 

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस