काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ओडी (ओभरड्राफ्ट)कार्ड सेवा शुरुआत गरेको छ । सेवा विस्तार गर्दै जाने क्रममा ओडी (ओभरड्राफ्ट)कार्ड सुविधा समेत प्रदान गर्ने गरी यहि असोज २ गते देखि सो सेवा शुरु गरेको हो ।
बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुरु गरेको थियो ।
प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ओडी (ओभरड्राफ्ट)कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले उक्त ओडी (ओभरड्राफ्ट)कार्ड प्रयोग गरि उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताए ।
साथै, ओडी (ओभरड्राफ्ट)कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरेको थियो ।
प्रतिक्रिया दिनुहोस