aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

माछापुच्छ्रे बैंकको १९ औ सभा असोज २४ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
माछापुच्छ्रे बैंकको १९ औ सभा असोज २४ गते

काठमाडौं । माछापुच्छ्रे बैंकले १९ औं वार्षिक साधारणसभा असोज २४ गते आयोजना गर्ने भएको छ । बैंकले सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पार्दीमा हुन लागेको हो । बैंकले गत आवको नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । 

अन्य प्रस्तावमा सभाले गत आवको वार्षिक वित्तीय विवरणमा छलफल गरी पारित गर्ने, अन्य कुनै उपयुक्त बैंक वित्तीय संस्थासँग मर्जरमा जाने वा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ । बैंकले वार्षिक साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका असोज १० गतेदेखि २४ गतेसम्म बन्द गर्न लागेको छ । 
 

प्रतिक्रिया दिनुहोस