
काठमाडौं । मल्टीपर्पस फाईनान्सले २० औं र २१ औं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । कम्पनीले सो सभा असोज १७ गते दिनको १ बजेर ३० मिनेटमा संस्थाको केन्द्रिय कार्यालयमा गर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्जले फाइनान्सको धितोपत्र सूचीकरण स्थगन गर्दै कम्पनीलाई ३ दिने स्पष्टिकरण माग गरेपछि कम्पनीले सभाको मिति सारेको हो ।
नेप्सेले शेयरधनी दर्ता पुस्तिका सात दिन अगाडी जानकारी गराउन पर्नेमा सो जानकारी नदिएकाले कारोबार रोक्का गरेको थियो । कम्पनीले यस अघि भदौ २ गतेदेखि बन्द गरेको शेयरधनी दर्ता किताब परिवर्तन गरी असोज १० गते बन्द गराउन लागेको हो ।
सभामा फाइनान्सले गाभ्ने गाभिनको लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजी वा त्यससँग सम्बन्धित सम्पूर्ण आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषय समेटेको छ ।
प्रतिक्रिया दिनुहोस