aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तीन अर्ब बराबरको ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ जेठ २०८०
तीन अर्ब बराबरको ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्न लागेको हो ।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण पत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकका लागी हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् । उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
                                                                                                     
       

प्रतिक्रिया दिनुहोस