aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडको १ लाख ४६ हजार २८३ कित्ता र प्रभु बैंक लिमिटेडको २६ लाख ५० हजार ८०२ कित्ता संस्थापक शेयर जेठ २६ गतेदेखि विक्रीमा आएको छ ।

प्रभु बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीका लागि विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो । प्रभु बैंकको शेयर खरीदका लागि आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

कुमारी बैंकले भने प्रतिकित्ता रू. ११० अंकित मूल्यमा उक्त शेयर विक्रीका लागि आव्हान गरेको हो । जेठ ३२ गते अपरान्ह ३ बजेभित्र बैंकको विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको नागपोखरी, नक्साल, काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

कुमारी बैंकको शेयर खरीदका लागि भने तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस