aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कामना सेवा विकास बैंक र भ्याली स्टेट कलेजबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
कामना सेवा विकास बैंक र भ्याली स्टेट कलेजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले भरतपुर, चितवन स्थित भ्याली स्टेट कलेजसँग बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको हो ।

कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरुको व्यवस्थापन तथा कार्यक्षमता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने तर्फ भ्याली स्टेट कलेजले अध्यापन, अनुसन्धान तथा तालिम मार्फत योगदान पुर्याउने बताएको छ । साथै, यस सम्झौता पश्चात कामना सेवा विकास बैंकले भ्याली स्टेट कलेजलका विद्यार्थीहरुलाई इन्टर्नसिप प्रोग्रामको व्यवस्था समेत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस