काठमाडौं । कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले कलश इभेन्टससँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । बिहिबार राष्ट्रिय नाच घरमा सो कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ ।
बैंकले लिटल मिस एन्जल २०२३ का सहभागीहरु र उनीहरुका अभिभावकहरुलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा ३५ भन्दा बढि सहभागी बाल बालिकाहरु र उनीहरुका अभिभावकहरुको सहभागीता रहेको थियो । बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस