
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेश अन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवीघाट, नुवाकोट स्थित श्री जाल्पा देवी मन्दिर लाई क्युआर कोर्ड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ ।
बिहिबार एक समारोहका विच देवीघाट शाखाले स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डङ्गोल र बाँकी सदस्यहरू, बैंकका कर्मचारीहरू लगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकहरूको बिच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत श्री जल्पा देवी मन्दिर लाई चन्दा बाकसको चाबी हस्तान्तरण गरेको हाे ।
जसमा भौतिक नगद वा क्युआर कोर्ड वा फोन पे एप मार्फत मन्दिरमा दान गर्न सकिन्छ । सिटिजन्स बैंक परिवार सहित देविघाट शाखाको यस सहयोगको लागि अधिकांश सहभागीहरूले सम्मान र प्रशंसा व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस