aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्यको सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्यको सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफस आउटलेट दिव्यानी इन्टरनेशनल नेपाल प्रालिबाट सञ्चालित रहेको छ । जस अन्तर्गत केएफस, क्रिमबेल र पिज्जा हट आउटलेटहरु सञ्चालनमा छन् ।

सम्झौता अनुसार  माछापुच्छ्रे बैंकका ग्राहकहरूले दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि मा आवद्ध भएका केएफस, क्रिमबेल र पिज्जा हट आउटलेट मार्फत खानाका परिकारहरु अर्डर गर्दा  बैंकको विभिन्न डिजिटल माध्यम क्युआर वा पीएसओ मार्फत डेबिट÷के्रडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १० प्रतिशत (बढिमा रु. १८०) सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गतेसम्म प्रदान गरिने बैंकले जनाएको छ । बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन  तथा सेवाहरू संचालन गरिरहेको छ । 
   

प्रतिक्रिया दिनुहोस