aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटलमा छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटलमा छुट पाउने

काठमाडौं । नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटलमा छुट पाउने भएका छन् । शुक्रबार बैंकले ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको हो ।

उक्त सम्झौता अन्र्तगत बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस