aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ जेठ २०८०
एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्क

काठमाडौं । एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्क भएको छ । बैंकले २०७० साल जेठ २८ मा जारी गरेको “८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०६९” नामको ऋणपत्र परिपक्क भएको हो । बैंकले प्रति ऋणपत्र रू. १ हजार मूल्यमा ४ लाख ६८ हजार ८४५ कित्ता ऋणपत्र जारी गरेको थियो ।

जेठ २८ गतेदेखि परिपक्क भएको यस ऋणपत्रका धनीहरूले रकम भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराईदिन बैंकले भनेको छ । सम्बन्धित ऋणपत्रधनीहरूले ऋणपत्रको सक्कल प्रमाणपत्र, ब्याज भुक्तानी पुर्जा, नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपि सहित बैंक खाताको विवरण उपलब्ध गराउनुपर्नेछ ।

ऋणपत्र धनीहरूले बैंकको मुख्य कार्यालय, शेयर शाखा लाजिम्पाट, काठमाडौं र बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राख्न सक्ने जानकारी बैंकले दिएको छ । स्वयं ऋणपत्र धनी उपस्थित हुन नसक्ने अवस्थामा ऋणपत्रधनीले रितपूर्वकको मञ्जुरीनामा साथै मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपी समेत अनिवार्य रुपमा पेश गर्नुपर्ने भनाई बैंकको छ ।

प्रतिक्रिया दिनुहोस