aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गरिमा विकास बैंकको ३ लाख ८२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ जेठ २०८०
गरिमा विकास बैंकको ३ लाख ८२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकको ३ लाख ८२ हजार ८९२ दशमलव ७७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यो शेयर विक्रीमा आएको हो ।

उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र (असार ३० ) गतेसम्म आवेदन पेश गर्नुपर्नेछ । शेयरको मूल्य उल्लेख नगरिएकाले खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले के कति कित्ता कति मूल्यमा खरीद गर्ने सो समेत खुलाई आवेदन पेश गर्नुपर्नेछ ।  

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर बिक्री प्रक्रिया अघि बढाईने जानकारी समेत कम्पनीले दिएको छ ।   
 

प्रतिक्रिया दिनुहोस