
काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट शेयरधनीहरलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोेजनका लागि ०.३४ प्रतिशत नगद लाभांश गरी कुल ६.८४ प्रतिशत लाभांश दिने भएको हो ।
हाल संस्थाको चुक्ता पूँजी एक अर्ब ५ करोड ३० लाख रुपैयाँ छ । जस अनुसार कम्पनीले ६.५० प्रतिशतका दरले हुन आउने ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतितशका दरले हुन आउने ३६ लाख २ हजार ३९० रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट स्वीकृति भईपछि शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस