_20230611111517.jpeg)
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ । बैंकले सहयोगको रुपमा प्रतिष्ठानलाई सेमी फोल्डिङ बेड, नर्मल ह्वील चियर र आइभी स्ट्याण्ड हस्तान्तरण गरेको हो ।
बिहिबार स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँकेमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई बैंकले सहयोग गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस