
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेश स्थित रंगेली अस्पताल लाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेज को लागि फ्रिज प्रदान गरेको छ ।
शुक्रबार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड प्रदेश कार्यालय विराटनगर मार्फत शाखा कार्यालय रंगेली द्वारा रंगेली अस्पातलाई एक समारोहका बिच ती सामान प्रदान गरेको हो ।
उक्त कार्यक्रममा रंगेली नगरपालिका का नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समितिका अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
यसको साथै सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पस लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्थीहरुलाई पठानपाठन मा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस