aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

साकुरा बहुउद्देश्यीय सहकारीले गर्‍यो २३ लाख मुनाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ असोज २०७६
साकुरा बहुउद्देश्यीय सहकारीले गर्‍यो २३ लाख मुनाफा

भक्तपुर । साकुरा बहुउद्देश्यीय सहकारी संस्था सूर्यबिनायकको चौथो साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्र मिश्रले सदस्यहरुको आर्थिक र सामाजिक स्तर अभिवृद्धि गरी समुन्नत समाजको विकास गर्ने लक्ष्यका साथ आफ्नो संस्था अगाडि बढिरहेको बताए ।

संस्थाका सचिव नानीबाबु थापाले यो संस्थाले आर्थिक कारोबारसँगै सामाजिक कार्यलाई पनि एक साथ अगाडि बढाउँदै लगेको बताउँदै आगामी वर्ष सहकारी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए ।

उनले सहकारी संस्थाहरुसँग एकता गरी व्यवस्थित र उत्कृष्ट सहकारी बनाउन समिति, उपसमिति, कर्मचारी र शेयर सदस्यको विभिन्न क्षेत्रमा विकास र क्षमता अभिवृद्धि गराउने कार्यहरु गर्दै जाने बताए ।

कोषाध्यक्ष महालक्ष्मी खड्काले गत आ.व.मा १ करोड ३० लाख ५३ हजार ३ सय १७ रुपैयाँ ४५ पैसा आम्दानी र १ करोड ७ लाख ३९ हजार ४ सय ६८ रुपैयाँ ८४ पैसा खर्च भई २३ लाख १३ हजार ८ सय ४८ रुपैयाँ ६१ पैसा नाफा भएको बताईन् ।

उनले संस्थामा ५ सय १६ महिला, ७ सय ८३ पुरुष, कर्मचारी १६ र अन्य संस्था ८ गरी कूल १ हजार ३ सय २३ जना सदस्य रहेको जानकारी दिँदै आ.व.०७५÷७६ मा १ करोड ३१ लाख ८ सय शेयर पूँजी संकलन भएको, कूल बचतमा ७ करोड ६९ लाख ८८ हजार ७ सय ९३ रुपैयाँ ८८ पैसा तथा ऋण  लगानीमा ६ करोड १२ हजार ५ सय ८५ रुपैयाँ ७५ पैसा भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस