
बुटवल । साधना लघुबित्त वित्तीय संस्थाले बुटवल क्षेत्रका कर्मचारीहरुलाई धितो कर्जा ब्यवस्थापन तालिम बुटवलमा सम्पन्न गरेको छ । लघुवित्तको आधारभुत अवधारणा, सदस्य तथा कर्जा विस्तारमा कर्मचारीको भुमिका र विशेष गरी धितो कर्जा लगानी गर्दा ध्यान दिनु पर्ने बिषय बस्तु बारेमा जानकारी गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको लघुवित्त संस्थाले जनाएको छ ।
यस संस्थाले आफनो स्थापनाको २ बर्षको छोटो अब्धीमा अति बिकट पहाडी क्षेत्र तथा ग्रामिण क्षेत्रमा ४३ ओटा शाखा बाट ३६ हजारभन्दा बढी विपन्न सदस्यहरुलाई सेवा गर्दै आईरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस