
काठमाडौं । मुक्तिनाथ विकास बैंकले र नेपाल विभिन्न स्थानहरुमा शाखाहरु रहेको “सेफ्स बर्गर प्रालि ”सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन यो सम्झौता गरेको हो ।
यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सेफ्स बर्गरका विभिन्न शाखाहरुमा फुड एण्ड बेभरेजसेवामा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेरिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस