
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ ३२ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४४ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७९ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस